Connecting Nepali Community in Bahrain through Culture, Events & Support

नेपाली राजदूतावास मनामा बहराइन द्वारा पर्यटन प्रवर्द्धन सम्बन्धी आयोजित कार्यक्रम समग्रमा उपलब्धी र अर्थपूर्ण मात्रै हैन, यो तहको कार्यक्रम हरेक बर्ष आवश्यक छ |


नेपाली राजदूतावास मनामा बहराइन द्वारा पर्यटन प्रवर्द्धन सम्बन्धी आयोजित हिजोको कार्यक्रम समग्रमा उपलब्धी र अर्थपूर्ण मात्रै हैन, यो तहको कार्यक्रम हरेक बर्ष आवश्यक छ भन्ने लाग्छ !

कार्यक्रममा बहराइन स्थित पर्यटन मन्त्रालयका बिशिष्ट व्यक्तित्वहरु, विभिन्न देशका कुटनैतिक नियोगका प्रमुखहरुको उपस्थिती रहेको थियो ! कार्यक्रममा महामहिम श्री तीर्थराज वाग्ले ज्यूले नेपालको कला संस्कृति, भौगोलिक भू-बनोट, मौषम र पर्यटक लाई घुम्नका लागि निमन्त्रणा एवम् स्वागत गर्नु भएको थियो ! 

 डिपुटी अफ मिसन श्री सुजना अर्याल ज्यूले बित्तचित्र मार्फत नेपालको बारेमा थप जानकारी गराउनु भएको थियो ! नेपाल घुमेर फर्किएका पर्यटकहरुका अनुभव र भनाईहरु समेत राखिएको थियो ! मलाई लाग्छ यसखाले कार्यक्रमले विश्व भरका पर्यटकहरूलाई नेपाल घुम्न थप आकर्षित गर्नेछ ! गत बर्ष मात्रै 1.15 मिलियन आगन्तुकहरू नेपाल घुम्न पुगेको र GCC बाट समेत बढ्दो चासोको साथ, नेपाल साँच्चै घुम्नै पर्ने गन्तव्यको रुपमा परिचित हुदै आएको बुझिएको छ !

Gallery