Connecting Nepali Community in Bahrain through Culture, Events & Support

नेपाली क्लब बहराइनको२५औं वर्ष रजतजयन्ती भव्यताको साथ सम्पन्न-

गत शुक्रवार २६, डिसेम्बर २०२५ तारिख नेपाली क्लब, बहराइन स्थापनाको २५औं वर्ष रजतजयन्ती समारोह अत्यन्तै भव्यताको साथ सु-सम्पन्न भयो ! उक्त समारोह लाई उत्सवको रुपमा भव्य बनाइदिनु हुने प्रमुख अतिथि महामहिम राजदूत श्री तीर्थराज वाग्ले ज्यू- दूतावास परिवार, संघ संस्था, संगठनका प्रमुख एवम् प्रतिनिधि ज्यूहरु, बुद्धिजिवी, समाजसवी व्यक्तित्वहरु, बालबालिकाहरु, अभिभावक ज्यूहरु बैंकर्श तथा विभिन्न व्यवसायी, कलाकार, पन्चेबाजा समुह, फोटो पत्रकार, प्रविधिक लगायत स्वयम् सेवीहरुमा आभार व्यक्त गर्दछु !

उक्त समारोहमा उपस्थित महानुभावहरुका लागि स्वादिष्ट परिकार प्रायोजन गर्नुहुने मुस्कान रेष्टुरेण्टका प्रो. मनोज राई एवम् वहाँको धर्मपत्नी सुशिला चाम्लिङ, नेपाली क्लबका पूर्व अध्यक्ष दुर्गा गिरी, बरिष्ठ सल्लाहकार एवम् एन आर एन ए मध्यपूर्व महिला संयोजक लक्ष्मी गिरी, निवर्तमान अध्यक्ष कमल श्रेष्ठ, समाजसेवी दीपक बस्याल एवम् सतपाल दयाल सिङ वहाँहरु सम्पूर्ण प्रति हृदय देखि धन्यवाद एवम् आभार प्रकट गर्दछु !

हामीले बहराइन नेपाल बिचको कुटनैतिक एवम् पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान, शिक्षा, सामाजिक र व्यवसायी क्षेत्र लगायत प्रत्यक्ष अप्रत्यक्ष क्लब लाई साथै बहराइनको नेपाली समाजमा योगदान पुर्‍याउनु भएका महानुभावहरु लाई कदर पत्र, मायाको चिनो, प्रशंसा पत्र र सम्मान पत्र हस्तान्तरण गरिएको थियो ! चाहदा चाहदै पनि अक्षयकोषको केही दाताहरु लाई सम्मान पत्र हस्तान्तरण गर्नु छुट्न पुग्यो ! निकट केही दिनमा हामी त्यो पनि पुन: यहाँहरु लाई प्रदान गर्ने नै छौं ! अन्त्यमा, यो साथ, सहयोग र शुभकामनाका लागि सदैव आभारी रहने छु ! यो हार्दिकता पूर्ण साथ धन्यवाद व्यक्त गर्दछु !